भक्तपुरको बालकोटमा युवकको हत्या

52

मङ्सिर २२, भक्तपुर । भक्तपुरमा एक जना युवकको हत्या भएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार सूर्यविनायक नगरपालिका–३ बालकोटको सागबारी नजिकै सोही स्थानका वर्ष ३३का राजन श्रेष्ठ (राजु)को बीभत्स हत्या भएको हो ।

गएराती हनुमन्ते करिडोर किनारामा सख्त घाइते अवस्थामा उनलाई स्थानीय र प्रहरीले भेटेका थिए ।

घाइते युवकलाई उपचारकालागी मध्यपुर अस्पताल नयाँथिमी लगिएकोमा चिकित्सकहरुले तत्कालै मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारेमा थप अनुसन्धान तथा हत्याराको खोजी जारी रहेको परिसर भक्तपुरले जानकारी दिएको छ । मृतक श्रेष्ठको शव भक्तपुर अस्पतालमा राखिएको छ ।