‘ब्रेकअप’को खबर गलत हो, प्रिज्मा मिल्ने साथी मात्रै

95

हास्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’ले आफू र मोडल प्रिज्मा खतिवडाबीच ‘ब्रेकअप’ भए भन्ने खबर गलत भए दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरु मिल्ने साथी मात्र भए दाबी गरेका छन्

सागरले आफूहरु चाँडै सँगै काम गर्न लागे समेत बताए । ‘म केही महिनादेखि आफैं मिडियासँग टाढा छु । मेरो पारिवारिक समस्याका कारण म मिडियामा आउन नसके हुँ,’ उनले भने, ‘यो बीचमा मैले प्रिज्मा र प्रिन्सी खतिवडा अन्तरवार्ता पनि हेरें । उहाँहरु आफ्नो विगतलाई सम्झिएर भावुक हुनुभएको थियो । रुने प्रिन्सी, माफी माग्ने प्रिज्मा र गाली खाने म भएँ ।’

सागरले आफ्नो विवाह हुन लागे भन्ने खबरमा समेत अनविज्ञता जनाए । उनले अगाडि भने, ‘यो विषयमा त म आफैं पनि दोधारमा छु । बिहे अहिले कुनै योजना छैन ।’ सागरले प्रिज्मा र प्रिन्सी आफ्नो लागि एकै भए समेत बताए । उनले भने, ‘अरुका लागि प्रिज्मा र प्रिन्सी फरक होलान्, मेरो लागि एउटै हुन् । सबै जीवनमा मिल्ने साथी हुन्छन्, मेरो प्रिज्मा र प्रिन्सी हुन् ।’