नागरिकता विधेयक राष्ट्रपतिजीले रोक्नुहुन्न, तर ढिलो नहुनुपर्थ्यो : प्रचण्ड

90
prachanda

साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् ।

जापान भ्रमणबाट बुधबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणीकरण हुन ढिला नहुनुपर्ने बताए

prachanda

‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ प्रचण्डले भने । नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका छन् । तर राष्ट्रपतिबाट हालसम्म प्रमाणीकरण भएको छैन ।

उनले आफ्नो जापान भ्रमण धेरै राम्रो भएको बताए । ‘पहिलो पटक जापान गएको हो, के होला कसो होला भन्ने थियो, तर धेरै राम्रो भयो’ उनले भने । साउन २१  गते जापान भ्रमणमा गएका प्रचण्ड चार दिनपछि बुधबार नेपाल फर्किएका हुन् ।