भारतीय अतिक्रमण रोक्न सुरु भयो ‘सीमानामा काँडेतार’ अभियान

479

नेपालको सीमानामा हुने गरेको अतिक्रमणलाई रोक्न प्रवासी नेपालीहरुले ‘सीमानामा काँडेतार’ अभियान सुरु गरेकाछन् । कतारमा आयोजित एक कार्यक्रमबाट प्रवासी नेपाली युवाहरुले ‘काँडेतार अभियान’ को अन्तराष्ट्रिय तदर्थ समितिको घोषणा समेत गरेकाछन् । नेपालको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सीमानामा काँडेतार अभियानलाई लिएर कतारबाट नेपाली युवाहरुले यो अभियान सुरु गरेको बताएकाछन् । भारतको सीमा सुरक्षा बलले गत फागुन २६ गते बिहीबार नेपालको सीमा अतिक्रमण गरी नेपाली भूमिमा प्रवेश गरेर कञ्चनपुरको पुनर्वास नगरपालिका -८ आनन्द बजारका गोविन्दप्रसाद गौतमको हत्या गरेको थियो ।

यस घटनाले प्रवासमा रहेका नेपालीहरुलाई सीमा अतिक्रमणको बोध भएको भन्दै उनीहरुले सीमा अतिक्रमण रोक्न अभियान सुरु गरेको जनाएका छन् । सीमानामा भारतीय अतिक्रमणको बिरोधसंगै काँडेरतार लगाउनु पर्ने भन्दै यो अभियान पहिलो पटक कतारबाट सुरु गरिएको हो । कतारमा आयोजित सीमानामा काँडेतार अभियानको कतारमै कार्यरत राजु डुम्रे संयोजक रहेका छन् । कार्यक्रममा भारत र चिनको खुल्ला सीमानामा पर्खाल वा काँडेतार लगाईनुपर्ने विषयलाई जोड दिईएको थियो । कार्यक्रममा उपस्थित युवाहरुले भारतले खुला सीमाको अधिकतम दुरूपयोग गर्दै आएको भन्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई कुण्ठित गर्ने गरेको भन्दै त्यसलाई रोक्न अभियान सञ्चालन गरिएको बताएकाछन् ।

कार्यक्रममा भियानका मध्यपूर्व संयोजक तथा केन्द्रीय प्रवक्ता सुशिल खड्का, डिल्लीराम भट्टराई, बुद्घििजवी तथा समाजसेवी बुधबल गुरुङ्ग , होमनाथ शर्मा , धिरज चाम्लीङ्ग , सुस्मिता भुषाल , तिलबिक्रम थेवे , श्रकिृष्ण भट्टराई , रेगिस्तानी कवि तिर्थसंगम राई र नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।

काँडेतार अभियानको प्रस्थान बिन्दुमा छौँ : राजु डुम्रे

कार्यक्रममा अन्तराष्ट्रिय संयोजक राजु डुम्रेले घोषणा पत्र प्रस्तुत गरेका थिए । ‘हामी चरणबद्घ सीमानमा काँडेतार अभियानको प्रस्थान बिन्दुमा छौ,’ उनले भने, ‘पहिलो चरणमा नेपाल भारत सीमानको एक हजार ६ सय ९० माइलको लामो सीमानमा तारवारको थालनी गर्न सरकारलाई दवाव दिनेछौ ।’ काँडेतार लगाएपछि अत्याधुनिक मनिटरीङ प्रणाली जडान गर्न र त्यसको रक्षा गर्न नेपाली सेनालाई परिचालन गर्न सरकारलाई दबावा दिने अभियानको लक्ष्य रहेको उनले बताए ।

हत्केलामा मृत्यु लिएर अगाडि बढ्छु : नवल खड्का

नेपाली चलचित्र क्षेत्रमा राष्ट्रबादी कलाकारकर्मीको छवी बनाएका नायक नवल खड्काले सीमानामा काँडेतार अभियानका नेपालका संयोजक हुन । यस अभियानलाई पहिलो पटक कतारबाट घोषणा गरिएको छ भने यूएईबाट सहयोगको प्रतिबद्घता आएको छ । अभियानको घोषणा कार्यक्रमका लागी कतार आएका नवल खड्काले मृत्युलाई हातमा लिएर अगाडि बढ्ने बताएकाछन् ।

‘नेपालमा हुने हरेक घटनाहरुले प्रवासमा रहेका नेपालीहरुलाई धेरै पीडाबोध हुने महशुष गरेको छु’ उनले भने,’नेपालको सीमानामा नै आएर नेपालीहरुको हत्या हुने गतिबिधीले जोकोही नेपालीहरुलाई पनि दुखित बनाउने गरेको छ ।’