वरियता विवादले मन्त्रिपरिषद् बैठक फेरि पनि स्थगित

473

काठमाडौं । मन्त्रिपरिषद्को बैठक फेरि पनि स्थगित भएको छ । आइतबार ३ बजे बस्ने भनिएको बैठक सोमबार दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा प्रहरी प्रमुख नियुक्त गर्ने प्रमुख एजेण्डा रहेको थियो । बैठक तीन सातादेखि लगातार स्थगित हुँदै आएको छ । बैठक स्थगित भएसँगै प्रहरी प्रमुख नियुक्ति पनि लम्बिएको छ ।

श्रोतका अनुसार उपप्रधानमन्त्री द्वय कमल थापा र विमलेन्द्र निधिको वरियताको विवादका कारण लगातार बैठक स्थागित हुँदै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्री मध्ये थापालाई  वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोसित विमलेन्द्र निधीले मन्त्रिपरिषद्को बैठकमा सहभागि नहुने बताएपछि मन्त्रिपरिषदको बैठक बस्न नसकेको बुझिएको छ ।

बिहीबार काँग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधीले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषद्मा नबस्ने बताएका बताउनु भएको थियो ।

करिब ९ महिनापहिले मन्त्रिपरिषद् गठन भएयता प्रधानमन्त्री दाहालको अनुपस्थितिमा नीधीले दुईपटक मन्त्रिपरिषद्को अध्यक्षता गरेको भए पनि एक महिनाअघि मन्त्रिपरिषद्मा सामेल भएका राप्रपा नेता कमल थापा निधिभन्दा वरिष्ठ भएको आधारमा दोस्रो हैसियतको वचन प्रधानमन्त्रीले दिपछि उपप्रधानमन्त्रीको वरियताको बिबाद चुलिएको छ ।