निर्वाचन तोकिएकै मितिमा एकै चरणमा हुन्छः आयुक्त दाहाल

319

निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते एकै मितिमा सम्पन्न गर्नुको बिकल्प आयोगसँग नरहेको प्रष्ट पारेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले आज गरेको पत्रकार सम्मेलनमा आयुक्त दाहालले दुई नम्वर प्रदेशका आमजनता मतदानगर्न उत्साहित रहेको बताए ।

उनले राजनीतिक रुपमा केही समस्या देखिए पनि सरकार र मधेसी मोर्चाबीच सम्वाद र छलफलले मधेसमा निर्वाचनको माहोल वन्दै गएको उल्लेख गरे ।

उनले भने, ‘क्षेत्रीय स्तरमा अहिले सञ्चालन गरेका कार्यक्रम अव चाँडै जिल्ला स्तरमा जान्छन् त्यसमा दुई नम्वर प्रदेशमा पनि एक साथ अगाडि वढ्छ ।’

मत पत्र छाप्नेदेखि शान्ति सुरक्षाको तयारी अन्तिम चरणमा

आयुक्त दाहालले निर्वाचन सम्पन्न गर्न मत पत्र छाप्नेदेखि शान्ति सुरक्षा व्यवस्थापनको प्रवन्धमा समेत आयोग जुटिसकेका वताए । उनले दुई नम्वर प्रदेशमापनि निर्वाचनको तयारीका लागि आवश्यक गृहकार्यमा आयोग जुटिसकेको भन्दै मुलुक भर एक साथ एकै चरणमा निर्वाचन गर्नेमा आयोग रहेको वताए ।

आयोगले मुलुकभर वैशाख ३१ गते निर्वाचन सम्पन्न गर्नका लागि क्षेत्रीय स्तरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई प्रशिक्षण दिने काम भइरहेको वताए ।