महाँकालेश्वर प्राविलाई सानुरत्न फाउन्डेसनको एक लाख

779
एक लाखको चेक दिदै फाउन्डेसनका अध्यक्ष माधब खत्री लिदै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्राध्यानाध्यापक कृष्णहरी कार्की ।

भक्तपुर । महाँकालेश्वर प्रावि चितापोललाई सानुरत्न फाउन्डेसनले एक लाख रुपैयाँ सहयोग गरेको छ । विद्यालयको २८ औं वार्षिकोत्सव कार्यक्रममा विपन्न वर्गका विद्यार्थीलाई विद्यालय पहँुच सम्म पञ्याउनका लागि आफुहरुले एक लाख रुपैयाँको सहयोग गरेको फउन्डेसनका अध्यक्ष माधब खत्रीले बताउनुभयो । उहाँका अनुसार हाम्रो समाजमा विद्यालय पहुँच भन्दा वाहिर कोही नहुन भनी आफुहरुले महाँकालेश्वरमा विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको बताउनुभयो । आफ्नो स्वगीय हजुरआमा रत्न खत्री र आमा सानुको सम्झना स्वरुप विद्यार्थीहरुलाई सहयोग गरेको वताउनुभयो । खत्रीका अनुसार भक्तपुरमा यस वर्ष फाउन्डेसनले ५० जना विद्यार्थीलाई पुर्ण रुपमा छात्रवृत्ती प्रदान गर्ने निर्णय स्वरुप ३० जना महाँकालेश्वर प्राविका विद्यार्थीलाई पुर्ण छात्रवृत्ती प्रदान गरेको हो । सानुरत्न फाउन्डेसनले प्रदान गरेको एक लाखले विद्यालयमा थप सुविधा एवं निजी विद्यालयको भन्दा उच्च गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग मिल्ने बताउनुभयो । उहाँका अनुसार फाउन्डेसनको सहयोगले निम्न आय भएका अभिभावकलाई ठुलो सहयोग मिलेको उहाँले वताउनुभयो ।