एक वर्षको बेरुजु ९७ अर्ब ४४ करोड

410

सरकारी निकायमा ८८ अर्ब ८५ करोड र संगठित संस्था तथा समितितर्फ ८ अर्ब ५८ करोड बेरुजु

गत आर्थिक वर्ष ०७२-७३ मा सरकारी निकायको कुल बेरुजु ९७ अर्ब ४४ करोड छ । महालेखा परीक्षकको कार्यालयका अनुसार सरकारी निकायमा ८८ अर्ब ८५ करोड तथा संगठित संस्था तथा समितितर्फ ८ अर्ब ५८ करोड बेरुजु छ । आव ०७१-७२ मा ५६ अर्ब ६५ करोड बेरुजु रहेकोमा गत वर्ष ७२ प्रतिशतले बढेको छ ।

गत वर्षको समेत हिसाब गर्दा असुल गर्नुपर्ने बेरुजु ३ खर्ब ९६ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यो रकम ३ खर्ब २८ अर्ब ५२ करोड थियो । एक वर्षमा असुल गर्नुपर्ने बेरुजु २०.६२ प्रतिशतले बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

समयमै पुँजीगत लाभकर असुली नगरेको, करदाताले खरिद–बिक्रीको कारोबारको यथार्थ मूल्य घोषणा नगरेको, मूल्य अभिवृद्धि कर असुली नगरेकोलगायतका कारण अर्थको बेरुजु धेरै रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।