विद्यालयको वार्षिकोत्सवमा अभिभावकलाई पुरस्कार

1267


भक्तपुर । एक त सरकारी विद्यालय त्यसमा पनि नियमिकत विद्यालय पठाउने अभिभावक कमै फेला पर्ने गर्दछन, तर महाँकालेश्वर प्रावि चित्तापोलका अभिभावक आफ्ना नानीहरुलाई नियमित विद्यालय पठाउन थालेका छन् ।
नियमित विद्यालय पठाउने अभिभावक र नियमित विद्यालय आउने विद्यार्थीलाई सुर्यविनायक नगरपालिका बासी प्रविण ढुँगेलले पुरस्कृत गर्ने भएपछि उक्त विद्या
लयमा विद्यार्थीको नियमितता वढेको शिक्षक वताउँछन् । सामुदायिक विद्यालयवाट नै गुणस्तरीय शिक्ष दिन सके सवैमा शिक्षाको पहुँच हुन सक्ने भन्दै आफुले नियमित विद्यालय आउने विद्यार्थी र नियमित विद्यालय पठाउने अभिभावकलाई सम्मान र पुरस्कृत गर्न थालेको ढुँगेलले वताउनुभयो । उहाँले विद्यालयको वार्षिकोत्सवमा विद्यालयका २८ विद्यार्थी र अभिभावकलाई पुरस्कृत गनुभएको हो ।
यसरी विद्यार्थीलाई र अभिभावकलाई पुरस्कृत गरि दिदाँ सामुदायिक विद्यालयमा आफ्ना नानी पढाउन प्रेरण मिल्ने प्रध्यानाध्यपक कृष्णहरी कार्की वताउनुहुन्छ ।
प्रविण सुर्यविनायक नगरपालिकाको राप्रपाका मेयरका प्रत्यासी पनि हुन् ।