मधेसवादी ६ दलबीच एकीकरण, नाम ‘राष्ट्रिय जनता पार्टी’ राखियो

436

काठमाडौंः मधेसवादी ६ दलबीच एकीकरण भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच पाँच मधेसवादी दलहरुबीच एकता भएको घोषणा गरिएको हो।

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, अनिल कुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी,  राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार नेपाल फोरम (गणतान्त्रिक) एकीकृत भएको हो ।  एकीकरण पश्चात पार्टीको नाम ‘‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ।

चुनाव चिन्ह भने छाता रहने छ भने पार्टीको नेतृत्व पुराना ६ दलका अध्यक्षहरुले पालैपालो गर्ने सहमति भएको छ। बुधवार राति अबेर बसेको मधेसवादी पाँच दलका शीर्ष नेताहरुको बैठकले पार्टी एकताबारे अन्तिम टुंगो लगाएको थियो। पार्टी एकताको अन्तिम समयमा अनिलकुमार झासमेत एकतामा सहभागी भएका हुन्।

तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष बनाउनेमा सबै नेताहरुले सहमति जनाएपनि दोस्रो वरियतामा को रहने भन्ने विषयमा विवाद भएको थियो। दोस्रो वरियताबारे टुंगो लाग्न नसकेपछि पार्टीको नेतृत्व ६ दलकै अध्यक्षले पालैपालो गर्ने सहमति गरिएको हो।