आज उल्का वर्षा अत्यधिक सक्रिय,नेपालबाट पनि देखिने

375

काठमाडौं, बैशाख ९ – नेपाली आकाशमा आज उल्का वर्षा अत्यधिक सक्रिय हुनेछ । वैशाख ५ गतेदेखि सक्रिय भएको उल्का वर्षा आउँदो १२ गतेसम्म रहने छ । वैशाख ९ गते ९ः४५ बजे अत्यधिक सक्रिय हुनेछ। अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५/२० वटा उल्का खसेको देख्न सकिनेछ। वैशाख १३ गते औशी परेकोले यस वर्षको उल्का वैशाख ९ गते राति ९ः४५ बजेदेखि २ः४५ बजेसम्म हेर्दा उत्तम हुने अध्यक्ष भट्टराई बताउँछन्।

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ। थ्याचर पुछ्रे«ताराले सूर्यको एक फन्को लगाउन ४१५ वर्ष लगाउँदछ। अध्यक्ष भट्टराईका अनुसार वैशाख २३ गते कुम्भ उल्का वर्षा (एटा एक्वारिड मिटियोर सावर) हुँदैछ।

उक्त दिन दक्षिणी गोलाद्र्धबाट प्रतिघन्टा ५५ वटाभन्दा बढी उल्का देखिने भएपनि नेपालबाट १० देखि ३० वटासम्म देख्न सकिनेछ। हेली नामक पुछ्रेताराले छोडेका धुलोको कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा सो उल्का वर्षा देखिने गर्दछ।

हेली पुछ्रेताराले सूर्यको एक फन्को लगाउन ७६ वर्ष लगाउँदछ। पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोको कण छोड्ने गर्छन जुन लाखौँ किलोमीटरसम्म फैलिन सक्छन्।

यसरी फैलिएका धुलोको कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा धुलाको कण पृथ्वीको वायुमण्डलमा ठोक्किँदा उल्का देखिन्छ। यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ।