भक्तपुर । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न भक्तपुरका राजनीतिक दलहरूलाई हम्मेहम्मे परेको छ । जिल्लामा रहेका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकामा ९वडा रहेका छन् । यी वडामा अध्यक्षका आकांक्षी धेरै भएकाले कसलाई उम्मेदवार बनाउने भन्ने सकस देखिन्छ ।
७ वैशाखभित्र वडा र नगरका उम्मेदवारको टुंगो लगाइसक्ने कांग्रेसले जनाएपनि १० गते सम्मपनि टुंगो लगाउन सकेको छैन । यस्तै नेकपा एमाले ६ वैशाखभित्र यस्तै नेकपा माओवादीले पनि ६ वैशाखमा नै उम्मेद्धावार छान्ने भने पनि टुंगा लगाउने भने उनीहरुलाई सारै गारो परेको छ । यस्तै भक्तपुरमा वलियो शक्तिका रुपमा रहेको नेपाल मजदुर किसान पार्टीले पनि हाल सम्म आफ्ना उम्मेद्धावर छान्न सकेको देखिन्न । कुन वडामा को आकांक्षी छन् त ।
वडा नम्बर १ :
कांग्रेसबाट माधवप्रसाद न्यौपाने, समुन्द्र न्यौपाने, उद्धव खड्का, राजेश खड्का, सुरेश श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, नगेन्द्र अवाल, दिनेश अवाल र कृष्णहरि खड्का आकांक्षी छन् ।
एमालेका रामेश्वर थापा, वासुदेव खड्का र विनोद केसी,
माओवादी केन्द्रका राजेश अवाल
राप्रपाका ईश्वर थापा आकांक्षी छन् ।
वडा नम्बर २
एमालेका मनोज केसी, वासुदेव खड्का र रामेश्वर थापा अध्यक्षको दौडमा छन् ।
माओवादी केन्द्रमा नरेश खड्का
राप्रपाबाट उमेश प्रधान र सन्तोष केसी चर्चामा छन् ।
कांग्रेसका तर्फबाट सोम प्रधान, श्यामप्रसाद प्रधान, गेहेन्द्रबहादुर थापा, शिवहरि केसीले चाहना राखेका छन् ।
वडा नम्बर ३
माओवादी केन्द्रबाट सुमन दाहाल र धनबहादुर फुयाँले उम्मेदवार बन्न दौडमा छन् ।
राप्रपाबाट हेमबहादुर मल्ल र हरिप्रसाद दाहाल,
कांग्रेसका प्रभाकर न्यौपाने, नवराज दाहाल, लक्ष्मण श्रेष्ठ, धर्मराज थापामगर, गोविन्द थापा, दिनेश थापा, राजेन्द्रकुमार दाहाल, विनोद दाहाल पनि दौडमा छन् ।
एमालेबाट श्यामसुन्दर धिमाल, विष्णुप्रसाद न्यौपाने र भागवतराम गेलाल आकांक्षी छन् ।
वडा नम्बर ४
राप्रपाको तर्फबाट राजकुमार भँडेल र बुद्धिबहादुर श्रेष्ठ,
माओवादी केन्द्रका राजकुमार तामाङ र रामप्रसाद गेलालले दाबी गरिरहेका छन् ।
कांग्रेसबाट राजु कुइँकेल, गोपालप्रसाद पोखरेल, दिवाकर पौडेल, साधना मल्ल ठकुरीले आकांक्षा देखाएका छन् ।
एमालेले बुद्धिलाल महर्जनलाई उम्मेदवार बनाउने जनाएको छ ।
वडा नम्बर ५
कांग्रेसका तर्फबाट वडा अध्यक्षका लागि जयन्द्र खड्का, शिवराम पुरी, राजी गिरी, भाइराजा बाटा, सुभद्रा काफ्लेको चर्चा छ ।
एमालेले रामहरि थापालाई सर्वसम्मत चयन गरिसकेको छ । माओवादी केन्द्रबाट राजकुमार बन, हरिकृष्ण त्यात
राप्रपाबाट जमुना थापा, रामबहादुर थापा, नवीन्द्रकुमार थापा, केशव लामिछाने, श्रीप्रसाद बन र बालकाजी खत्री प्रतिस्पर्धामा छन् ।
वडा नम्बर ६
एमालेले सन्तमान तामाङलाई सर्वसम्मत रूपमा वडा अध्यक्षको उम्मेदवार चयन गरेको छ
भने कांग्रेसले राजु लामालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
माओवादीबाट दीपक तामाङ र
राप्रपाबाट धनबहादुर लामा आकांक्षी छन् ।
वडा नम्बर ७
माओवादीबाट श्याम नायजू र राजन लामिछानेको नाम चर्चामा छ ।
राप्रपाबाट शालिकराम लामिछाने,
कांग्रेसबाट ज्ञानबहादुर केसी, अच्युतप्रसाद अधिकारी, मनोज गिरी, जनकप्रसाद शर्मा र केशवप्रसाद अधिकारीले अध्यक्षको उम्मेदवार बन्न चाहेका छन् ।
एमालेमा राधाकृष्ण लामिछाने, राजु अधिकारी र पुरुषोत्तम लामिछाने आकांक्षी छन् ।
वडा नम्बर ८
राप्रपाबाट सानु पुरी, अर्जुन कार्की, राम खत्री र रामकुमार कार्कीको चर्चा छ ।
कांग्रेसका उमेशकुमार खड्का, जनक खत्री, शिवराम सुवेदी, गणेशप्रसाद फुयाँल, रोशन तिमल्सिना, संगीता पुरी, श्रीराम दुलालले पनि चाहना व्यक्त गरेर दौड लगाइरहेका छन् ।
एमालेबाट राजु सुवेदी, दामोदर दंगाल, रामकृष्ण तिमल्सिना तथा माओवादीबाट राजेन्द्र तिमल्सिनाको चर्चा छ ।
वडा नम्बर ९
कांग्रेसका शंखबहादुर थापा, नीलकण्ठ थापा, श्रीराम खड्काले अध्यक्षमा आकांक्षा राखेका छन् ।
एमालेबाट ईश्वर खड्का र सुवास ढुंगाना,
माओवादीबाट रामलाल नेमाफुकी
राप्रपाबाट रमेश खत्री, बच्चु पराजुली, धु्रव गिरी, रुद्रबहादुर खड्काको नाम चर्चामा छ।