स्थानिय निर्वाचनमा सूर्यविनायक नगरपालिकाका वडावाट को को उठ्दै छन्

4710

भक्तपुर । सुर्यविनायक नगरपालिकामा दश वडा रहेका छन् । यी वडामा अध्यक्षका आकांक्षी धेरै भएकाले कसलाई उम्मेदवार बनाउने भन्ने सकस देखिन्छ ।  भक्तपुरमा पकड मानियको नेमकिपाको भने अहिले सम्म चालचुल रहेको छैन ।

यस्ता छन् वडा अध्यक्षहरुको आकाँक्षीहरुको नालिवेली ।
वडा नम्बर १
यो वडाको अध्यक्षमा कांग्रेसका मनोजकुमार कार्की, कवीन्द्र मिश्र, देवेन्द्र न्यौपाने, राजाराम थापा र देवराज न्योपानेले उम्मेदवार बन्न चाहेका छन् ।
एमालेबाट भाइकृष्ण श्रेष्ठ, सानुकाजी कायस्थ, चण्डी मिश्र र केपी न्यौपाने,
माओवादी केन्द्रबाट सुदर्शन बुढाथोकी
राप्रपाबाट भूपेन्द्र राउत र शेखर थापाको दाबी छ ।

वडा नम्बर २
एमालेका तर्फबाट तेजकृष्ण श्रेष्ठ, रवि श्रेष्ठ र पुरुषोत्तम खड्काको नाम चर्चामा छ ।
माओवादी केन्द्रबाट भगत सिलवाल,
राप्रपाबाट कृष्ण सिलवालको दाबी रहेको छ ।
कांग्रेसबाट प्रदीप कार्की, कमलनाथ आचार्य, मोहन रानाभाट, शिवराम श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ, रामकृष्ण रानाभाट आकांक्षी छन् ।

वडा नम्बर ३
माआवादी केन्द्र सन्तोष भट्टराई,
एमालेबाट राजकुमार सिलवाल, शान्तिराम वली र रामकृष्ण राउत
राप्रपाबाट सुरेन्द्र रजौराले अध्यक्षको उम्मेदवार बन्न चाहेका छन् ।
कांगे्रसबाट बद्रीराम थापा, विद्याराम थापा, शिवशरण खत्री, मुकुन्द दवाडी र ज्ञानकृष्ण चमु श्रेष्ठको नाम चर्चामा छ ।

वडा नम्बर ४
राप्रपाको तर्फबाट कृष्णहरि खड्का र विदुर खड्का,
कांग्रेसबाट शशीराम न्यौपाने, उमेश खड्का, शिवराम न्यौपाने, लक्षुराम न्यौपाने, देवीप्रसाद न्यौपाने, रामगोपाल न्यौपाने र मिठाराम न्यौपाने आकांक्षी देखिएका छन् ।
एमालेका उत्तम थापा, सागर रिसाल, देवलाल राजथला, श्रीराम न्यौपाने, सहदेव न्यौपाने र अरुण खड्का
माओवादीबाट श्यामकृष्ण श्रेष्ठ, जुजुभाइ राजथला र नारायण राजथलाले पनि दाबी गरेका छन् ।

वडा नम्बर ५
माओवादीले यो वडामा राजाराम विशंखेलाई टिकट दिने सम्भावना छ ।
एमालेबाट राम थापा, राजकुमार जोशी, गोकुल थापा, श्रीकृष्ण बासु,
कांग्रेसबाट बालकृष्ण थापा, राजु ढुंगेल, उमेश ढुंगेल, हरिओम ढुंगेल, वासुदेव तिमल्सिना, प्रकाशराज ढुंगेल र मधुसूदन थापा पनि टिकटको दौडमा छन् ।
राप्रपावाट विकेश ढुंगेलको दावी रहेको छ ।

वडा नम्बर ६
यो वडामा कांग्रेसका ईश्वर खड्का, रामेश्वर ध्वजू, दयाराम गिरी, सत्यनारायण धजू र कान्छा सुवालले टिकटको आकांक्षा देखाएका छन् ।
राप्रपावाट विष्णु राजथला
एमालेका तर्फबाट सुजन केसी र अनुप केसी
माओवादीबाट रामसुन्दरको नाम चर्चामा छ ।

वडा नम्बर ७
एमालेले यो वडामा रवीन्द्र सापकोटालाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।
माओवादीबाट सृजना वाग्लेको नाम विशेष चर्चामा छ
राप्रपाको भने धर्मराज थापाको दावी रहेको छ
कांग्रेसबाट कृष्णभक्त खत्री, हरिबहादुर खड्का, दीपेन्द्र बुढाथोकी पनि चर्चामा छन् ।

वडा नम्बर ८
माओवादी केन्द्रबाट सानुकान्छा आलेमगर, दयाराम मचामसी र पुरुषोत्तम रानामगर छन् ।
एमालेबाट किरण थापा, प्रेमबहादुर खड्का र आत्मराम थापा दौडमा छन् ।
राप्रपा वाट भने नारायण थापा लगभग पक्का पक्की भएका छन् ।
कांग्रेसको तर्फबाट बच्चुराम थापा, सूर्यबहादुर खाइतू र विनोद भट्टराई पनि दौडमा छन् ।

वडा नम्बर ९
कांग्रेसबाट माधव खत्री, उदय खत्री, श्रीराम खत्री, राजकुमार खत्री,
एमालेबाट उपेन्द्र केसी, दिलीप केसी, श्रीराम ब्याञ्जू, कपिल केसी र नातिकाजी केसीले उम्मेदवारको दाबी गरेका छन् ।
माओवादी केन्द्रका दीपेन्द्र ब्याञ्जु, रामकृष्ण तामाङ र दीपक महत
राप्रपाका मोहन खत्री , दिनेश ब्यान्जु र मुकुन्द भण्डारी आकांक्षी रहेका छन् ।

वडा नम्बर १०
एमालेबाट शिवराम राउत, विकास कार्की र सुनिता देउजाको नाम चर्चामा छ ।
माओवादीबाट सनिश लागेज, हरिभक्त हेंगजू, पार्वती नगरकोटीे छन ।
कांग्रेसले राजेश देउजालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
राप्रपाका भने डोलबहादुर कार्की र भगवान थापा आकांक्षी छन् ।