दोस्रो चरणको चुनावी कार्यतालिका सार्वजनिक

405

काठमाडौं–  निर्वाचन आयोगले दोस्रो चरणको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिका अनुसार दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता जेठ १९ गते हुने भएको छ । भने उम्मेदवारहरुलाई जेठ २२ गते चुनाव चिन्ह प्रदान गरिनेछ । सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो । जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ ।