ट्रक दुर्घटनामा १३ घाइते,सात जनाको अवस्था गम्भीर

332

धादिङ– धादिङको सिद्धलेक गाउँपालिका–५ चापखोलामा  भएको ट्रक दुर्घटनामा १३ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेहरुमा सिद्धलेक गाउँपालिका–५ का ४५ वर्षीय गाडीधनी कूलबहादुर श्रेष्ठ, ३७ वर्षीय मिनाकुमारी श्रेष्ठ, नीलकण्ठ नगरपालिका– ७ का नौ वर्षीय सुदिप श्रेष्ठ, पाँच वर्षीय सुजन श्रेष्ठ, २७ वर्षीयलक्ष्मी श्रेष्ठ र नवराज श्रेष्ठ र नीलकण्ठ नपा–४ का १९ वर्षीय रोजन श्रेष्ठ छन् । अन्य सामान्य घाइते छन् ।
कालुपाण्डे मार्गको कालीदहबाट कुम्पुरतर्फ जाँदै गरेको बा ३ ख ८७८८ नं. को स्वराज ट्रक कच्चीसडकबाट पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जीयारले जानकारी दिए ।
कुम्पुरतर्फ पसलको सामान लिएर जाँदै गरेको सो ट्रकमा उनीहरु सवार थिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई उपचारका लागि काठमाडौं तर्फ पठाइएको प्रहरीले जनाएको छ ।