स्नातकतह तेस्रो वर्षको परीक्षा कहिलेदेखि हेर्नुहोस् तालिका

443

काठमाडौ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण शाखा बल्खुले तीन वर्षे स्नातक तहको परीक्षा तालिका सार्वजनिक गरेको छ । कार्यालयले दुवै नियमित र मौका परीक्षाको लागि स्नातक तह मानविकी, विज्ञान, प्रविधि, बीएल र शिक्षा संकायको परीक्षा तालिका प्रकाशित गरेको हो ।

परीक्षा जेठ ११ गतेदेखि सुरु हुने र जेठ २४ गते सकिने शाखाले जनाएको छ । परीक्षा १ बजेदेखि सुरु हुने र ४ बजे सकिने शाखाले जानकारीे दिएको हो ।