सरकारी वेबसाइटहरू नेपाल टेलिकमको डाटाबाट खोल्दा पैसा नलाग्ने

392

काठमाडौं – सरकारी वेबसाइटहरू अबदेखि नेपाल नेपाल टेलिकमको जीएसएम मोबाइल सेवाबाट निःशुल्क हेर्न सकिने भएको छ। टेलिकमले वैशाख १ गतेबाट सरकारले सञ्चालन गरेका ‘डट जिओभि डट एनपी’ डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइटहरुलाई उपभोक्ताहरुले निशुल्क प्रयोग गर्न सक्ने बताएको छ।

यो सुविधा प्रयोग गर्न मिल्ने सरकारी वेबसाइटहरुको सूची नेपाल टेलिकमको वेबसाइटमा राखेको छ। सरकारी सूचना र जानकारीलाई सर्वसाधरणको पहुँच सहज ढंगले पुर्याउन सरकारी वेबसाइटलाई निःशुल्क गरिएको नेपाल टेलिकमले जनाएको छ।

यस्तै गरी टेलिकमले फरक-फरक सिष्टमबाट बिलिङ्ग तथा ग्राहकसेवा हुँदै आएका कम्पनीका बिभिन्न सेवाहरुलाई एउटै सिष्टम भित्र ल्याउने परियोजना अन्तर्गत २०७४ बैशाख १० गते देखि एफटीटीएएच र एडीएसएल सेवाको बिलिङ्ग कन्भर्जेन्ट रियल टाइम बिलिङ्ग सिष्टमबाट गर्न थालिएको छ । स्तै गरी टेलिकमले फरक(फरक सिष्टमबाट बिलिङ्ग तथा ग्राहकसेवा हुँदै आएका कम्पनीका बिभिन्न सेवाहरुलाई एउटै सिष्टम भित्र ल्याउने परियोजना अन्तर्गत २०७४ बैशाख १० गते देखि एफटीटीएएच र एडीएसएल सेवाको बिलिङ्ग कन्भर्जेन्ट रियल टाइम बिलिङ्ग सिष्टमबाट गर्न थालिएको छ ।

यसअघि नै सिडिएमए, जिएसएम र वाईम्याक्स सेवालाई कन्भर्जेन्ट बिलिङ्ग सिष्टममा लगि सकिएको थियो भने पीएसटीएनलाई सीआरटीबी मा माइग्रेसन गर्नको लागि आवश्यक तयारी भैरहेको छ ।