घर फर्कन टिकट लिइसकेका कल्याणको कोरियामै मृत्यु

384

खोटाङको चिप्रिङका एक युवाको कोरियामै ज्यान गएको छ । घर फर्किन टिकट गरिसकेका ३१ वर्षका कल्याण राईको बिहीबार ज्यान गएको हो ।

यही वैशाख २९ गते घर फर्किन टिकट काटेका कल्याणको कोरियाको खङजुस्थित अपार्टमेण्टमा सुतेकै अवस्थामा ज्यान गएको आफन्तले जनाएका छन् ।५ वर्षअघि बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका राई कामबाट फर्किएर अपार्टमेण्टमा सुतेको र सँगै काम गर्ने साथीले बिहान उठाउन खोज्दा मृत अवस्थामा फेला परेको आफन्तले जानकारी दिएका छन् ।

महिनाको ३ लाख रुपैयाँ कमाएका राईले काठमाडौं र उदयपुरको गाईघाटमा जग्गा किन्नुभएको थियो । उहाँ कोरिया नफर्किने गरी घर फर्किन लाग्नुभएको थियो । कल्याणको  परिवारमा बुवाआमा, ४ जना दिदीबहिनी र एक भाइ छन् ।