धर्म परिर्वतन गराउने अपराधी हुन्

465

भक्तपुर । जगतगुरु कमल नयन आचार्यका अनुसार धर्म परिर्वतन गराउन आउनेहरु अपराधी हुन् । सुर्यविनायक नगरपालिका ५ कटुञ्जेमा आयोजित भागवतको उदघाटन गर्दै उहाँले कोहि घर्म परिर्वतन गराउन आउँछन भने ति अपराधी भएको वताउनुभएको हो । उहाँका अनुसार भागवत केवल पैसा उठाउन र धन आर्जनका लागि मात्र नलगाएर धर्मको प्रचार एवं भागवतमा भएका कुरा सवैमाझ वुझउन पनि लगाउनु आवश्यक भएको वताउनुभयो ।
अध्यात्म शिरोमणी रामकृषण उपाध्यायका अनुसार भक्ति, ज्ञानलाई कसरी जगजगमा पुञ्याउन सकिन्छ भन्नेमा सवै एक जुट हुन आवश्यक भएको वताउनुभयो । उहाँका अनुसार हाल धर्म निरिपेक्षका नाममा विदेशी दलालले खुलेयाम राजनिती गरिरहेको आरोप समेत लगाउनुभयो । धर्म निरिपेक्ष का पक्षधरहरुलाई आर्यधाटमा दाहा सँस्कार गर्न एवं मुस्लिम दाजुभाईले पनि उनिहरुको चिहानमा तिनलाई गाड्न दिनु नहुने, तिनलाई चिल कौवालाई नै खान दिनु पर्दछ नत्र हाम्रो सनातनताको अपमान हुने वताउनुभयो ।
नेपाल एक धार्मिक मात्र नभएर धर्म विकासको थलो पनि भएका कारण नेपाललाई धर्मका माध्यामवाट पनि चिनाउन लागि रहनु पर्ने गुरु चैतन्य कृष्ण ज्यूले वताउनुभयो ।
उहाँका अनुसार हाल हाम्रो देशमा शिक्ष, स्वास्थ्य , स्वयम सेवा अनी चर्च आउन थालेको छ , जुन नेपालीको लागि आत्मधाती सावित हुने वताउनुभयो । देशलाई दिशामुक्त मात्र गरेर नपुग्ने यदि देश सफा नै वनाउनु छ भने यस्ता कु संस्कारका नसा पनि मुक्त गरिनु पर्दछ ।
सामुदायिक भवन निर्माण एवं किरिया पुत्री भवन निर्माणका लागि लगाईएको सप्ताहको पहिलो दिन नै २० लाख रुपैयाँ संकलन भएको आयोजक कमिटिले जनाएको छ ।