सगरमाथामा भेटियो पर्वतारोहीको शव

425

सोलुखुम्बुः सर्बाेच्च शिखर सगरमाथामा मानिसको सब भेटिएको छ । सगरमाथाको आधार शिविरदेखि माथि क्याम्प एक नजिकै मानिको सब भेटिएको पर्यटन कार्यालय नाम्चेका प्रमुख टंक भटराइले पुष्टि गरेका छन् ।

हिउँको थुप्रोमा खुटा मात्रै देखिएको उक्त सब कसको हो भन्नेबारे खुल्न सकेको छैन । गएको केही वर्ष यता सगरमाथामा कोही पनि हराएको सूचना नआएकाले अलि पुरानो लास हुन सक्ने बताइएको छ ।

सगरमाथा आरोहणमा सहयोगी रहेका एक व्यक्तिले मानिसको लास भेटिएको सूचना दिएको र त्यो साँचो भएको पुष्टि भएकाले लास निकाल्ने प्रयास भइरहेको भटराइले जानकारी दिए ।

लास निकाल्न हिमालय क्षेत्रमा रेस्क्यु एक्स्पर्टलाई पठाउन तयारी भइरहेको प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए । सगरमाथा आरोहणमा जाने आरोहीहरु अहिले क्याम्प दुईसम्म पुगिसकेका छन् ।