काठमाडौं: यही वैशाख ३१ गते स्थानीय निर्वाचन हुने ३४ जिल्लामा नेपाली सेनाले सोमबारबाट सडक गस्ती थालेको छ ।
पहिलो चरणमा निर्वाचन हुने तीनवटा प्रदेशका ३४ वटा जिल्लामा नेपाली सेना गस्तीमा निस्केको हो । निर्वाचन सुरक्षा रणनीति अनुसार सेनाले गस्ती थालेको नेपाली सेनाले जनाएको छ ।
अब निर्वाचन नसकिएसम्म दिनमा तथा रातिको समयमा पनि गस्ती गर्नेछ । सेनाले गस्तीसँगै उम्मेदवारहरूको सुरक्षामा पनि सुक्ष्म निगरानी गर्ने सैनिक स्रोतले जानकारी दिएको छ ।
पहिलो चरणको निर्वाचनमा ती प्रदेश अन्तर्गतका स्थानीय निकायमा सुरक्षाका लागि ३० हजार भन्दा धेरै सेना परिचालित भएका छन् ।