भेनेजुएलामा संविधान पुनर्लेखनको विरोध

434

कराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले नयाँ संविधान बनाउनका लागि संविधानसभा गठन गर्न गरेको आह्वानको अन्तर्राष्ट्रिय रुपमा आलोचना भएको छ ।

केही मुलुकले राष्ट्रपतिको यो कदमलाई ‘कू’ को संज्ञा दिएका छन् भने केहीले गैरसंवैधानिक भनेका छन् । भेनेजुएलमा राजनितिक तथा आर्थिक संकट गहिरिदैं गईरहेको छ ।

लामो समयदेखि मुलुकमा जारी राजनीतिक सङ्कट समाधानका लागि संविधानसभा गठन गर्नुपरेको राष्ट्रपति मदुरोले संकेत गरेका थिए ।

दक्षिण अमेरिकी देश भेनेजुएलाको भविश्यका बारेमा निर्णय गर्न मदुरोले फरकफरक राजनीतिक पार्टी र सामाजिक समूहलाई संबिधान पुनर्लेखनको लागि आह्वान गरेका थिए ।

यस कदमपछि राष्ट्रपति मदुरोका विरोधमा सडक अवरुद्ध पार्नुका साथै भीषण प्रदर्शन भईरहेको जनाइएको छ ।

सत्तारुढ दल समाजवादी पार्टी र प्रतिपक्षी अधिकारवादी पार्टीकाबीचमा गत केही हप्तादेखिद्वन्द्व भएपछि सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्म भेनेजुएलामा २९ जनाको मृत्यु भईसकेको थियो ।