सञ्चार अबरोधले हुम्लाको निर्वाचन गतिविधीबारे आयोग अझै बेखबर

428

निर्वाचन आयोगले हुम्ला जिल्लाको निर्वाचनस्थितीबारे अहिलेसम्म आयोगले सम्पर्क गर्न नसकेको जनाएको छ ।

सञ्चारको जटिलताका कारण हुम्लामा कति उम्मेदवारी परे, कति दल सहभागी भएका छन् भन्ने विवरण अहिलेसम्म नआएको आयोगले जनाएको छ ।
हुम्लाको उत्तरी क्षेत्रमा हिउँ परिरहेको र सोलारबाट ब्याट्री चार्ज हुन नसक्दा त्यहाँ सम्पर्क हुन नसकेको आयोगले जनाएको छ ।
हुम्लामा ७ वटा स्थानीय तह रहेका छन् । अहिलेसम्म हुम्ला जिल्लाबाट आयोगलाई प्राप्त विवरणमा एउटा गाउँपालिकामा प्रमुखमा ९ जनाले सम्म उम्मेदवारी दिएका छन् ।
महिला, दलित र खुल्ला तर्फको सदस्यहरुको उम्मेदवारसमेत खाली भएको देखिएको छ । आयोगले सबै पदमा उम्मेदवारी परेको भन्दै सञ्चारमा आएको अवरोधले सुचना अपडेट गर्न नसकेको आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले प्रहरी संयन्त्रबाट समेत त्यहाँको सुचना संकलनको प्रयास गर्दा समेत असफल भएको छ ।