प्रहरी फन्दामा ३२ ‘गुण्डा’ (सूचीसहित)

408

१६१ गुण्डाको सूची तयार

काठमाडौँः प्रहरीले उपत्यकाबाट ३२ ‘गुण्डा’लाई नियन्त्रणमा लिएको छ । केही सातादेखि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँले थालेको विशेष अप्रेशनमा संगठित अपराधदेखि चोरी डकैतीमा संलग्नसमेत गरी ३२ जना गुण्डालाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये केहीलाई थुनामा राखी मुद्धाको अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका गुण्डाको फोटो र औँठा छापसमेत अपडेट थालिएको अपराध महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार विभिन्‍न अपराध कसुरमा अदालतबाट छुटेका तथा पटके कारबाहीमा परेकाको अपराध विवरणका आधारमा अभिलेख अद्यावधिक गरिएको हो ।

‘जुनसुकै अपराधको मूल स्रोत आर्थिक आर्जन देखिएको छ’, एसएसपी अमात्यले कारोबार अनलाइनसँग भने, ‘विगतमा अपराधमा स‌ंलग्‍न टोले गुण्डादेखि शक्ति केन्द्रसम्म पहुँच भएका गिरोहसम्म त्यसमा संलग्‍न छन् । उनीहरुले गरेको अपराध र समाजमा त्यसले पारेको नकारात्मक असरलाई मध्यनजर गरेर हामी निर्ममका साथ प्रस्तुत भएका छौँ।’

गुण्डागर्दीविरुद्धको कारबाहीमा भनसुन र पहुँचको दुरुपयोग गर्ने जोसुकैलाई समेत नछाडिने उनले बताए ।

यसका लागि महाशाखा र काठमाडौँ परिसरको टोली संयुक्तरुपमा सक्रिय बनेको हो । दुवै कार्यालयले उपत्यकामा सक्रिय १६१ जना गुण्डाको सूची तयार पारेका छन् ।

त्यसका आधारमा कारबाही अघि बढेको परिसरले जनाएको छ ।

परिसर प्रमुख एसएसपी छविलाल जोशीले पनि गुण्डागर्दीमा संलग्‍न केहीलाई पटके तारेखमा छाडिएको र बाँकीलाई संगठित, सामाजिक, आर्थिक तथा सार्वजनिक अपराध ऐनअन्तरगत कारबाही अघि बढाइएको बताए ।

प्रहरीले गुण्डागर्दीमा संलग्न नमु तामाङ, कुमार गोले, सविन खड्थी, फूपु छिरिङ, स्याल भनिने सञ्जीव लामा, ज्याक गुरुङ, कोर्तो गुरुङ, दुर्गा राई, तेजेन्द्र गुरुङ र राजीव महर्जन लगायत छन् ।
को को पक्राउ परे ? हेर्नुस् सूची  

from karobar