भक्तपुर । चाँगुनारायण नगरपालिकालाई विकासशिल, पर्यटनहव र भ्रष्टाचार मुक्त नगरपालिका निर्माणका लागि आफ्नो उम्मेदवारी आएको राप्रपाका उम्मेदवार राविन्द्र प्रताप शाहले वताउनुभएको छ । भ्रष्टाचारले ब्यप्त स्थानिय निकायलाई भ्रष्टाचार मुक्त क्षेत्र घोषणा गरि समातामुलक रुपमा विकासका लागि जनताले आफुलाई चुन्नेमा आफु विश्वस्त भएको उहाँले वताउनुभयो ।
जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा परिचत पनि चाँगुनारायण नगरपालिका क्षेत्र विकासबाट निकै पछाडि परेको उल्लेख गर्दै यसको विकासका लागि आफु रातोदिन खटिन तयार भएको उहाँले वताउनुभयो । विश्व सम्पदा सूचीमा रहको चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्म यहाँका पर्यटकीय क्षेत्र हुन् । यसक्षेत्रलाई सुन्दर, शान्त र सवच्छ चाँगुनारायण बनाउने लक्ष्यका साथ मैले यहाँ पदमार्ग निर्माण, भ्यू टावर निर्माण गर्नेदेखि पर्यावरणलाई पर्यटन आकर्षणको रुपमा विकास गरेर चाँगुनारायणको आर्थिक एवं भौगोलिक विकास गर्ने लक्ष्य लिएको छुँ । शाहले वताउनुभयो ।
नगरपालिका नै भएपनि पुर्वाधारहरु पुग्न सकेका छैनन्, त्यसैले पूर्वाधार युक्त प्रविधि मैत्री नगरपालिका बनाउँदै आगामी १० वर्षमा यस नगरपालिकालाई सुविधासम्पन्न स्मार्ट सिटी बनाउने प्रतिवद्धता उहाँको रहेको छ । नगरपालिकाको टोलटोलमा पक्कि सडक पुर्याउने, यहाँका सामुदायीक विद्यालयको शिक्षामा गुणस्तर अभिवृद्धिका कार्याक्रम गर्ने , नगरको २० प्रतिशत बजेट शिक्षाका लागि छुट्याउने, नगरभित्र स्नातकोत्तर तहसम्मको कलेज स्थापना गर्ने, प्राविधिक कलेज स्थापना गर्ने, यहाँका सबै समस्ष समाधान गर्दै विकासशिल र भ्रष्टाचार मुक्त नगरपालिका बनाउन मेयरमा आफ्नो उम्मेदवारी आएको वताउनुभयो ।