काठमाडौंः यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९४ लाख ६० हजार चार सय ९१. १९ कित्ता सेयर सूचिकृत भएको छ ।नेप्सेका अनुसार यो साता समता माइक्रोफाइनान्स वित्तीय संस्थाको तीन लाख १६ हजार कित्ता साधारण सेयर सूचिकृत भएको छ । यस्तै रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ६ लाख २९ हजार दुई सय कित्ता बोनस सेयर सूचीकृत भएका छ ।
यस्तै कामना विकास बैंकको १४ लाख २७ हजार सात सय ४३.३०, कुमारी बैंकको ५६ लाख ८० हजार तीन सय ९१. २९, एसियन लाइफ इन्स्योरेन्सको १३ लाख ४२ हजार ५ सय ५५.४० कित्ता बोनस सेयर र मिथिला लघसवित्त विकास बैंकको ६४ हजार पाँच सय १.२० कित्ता सेयर सूचीकृत भएको छ ।