अब देउवा प्रधानमन्त्री

477

सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका छन् ।सहमति कार्यान्वयन भएमा अहिलेको सत्ता गठबन्धन पनि कायमै रहने उनीहरुले बताएका छन् ।

गत १९ साउनमा प्रधानमन्त्री प्रचण्ड चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय तह निर्वाचन प्रचण्डको नेतृत्वमा तथा प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो ।