स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नु पर्छ सरोकारवालाहरू

297

भक्तपुर । काठमाडौँ उपत्यकाका पूर्वी भेगका पाँच नगरपालिका समेटेर बनाउने भनेको स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

उपत्यकाका पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना विगत सात वर्ष देखि अलपत्र हुँदा सर्वसाधारणले दुःख पाएको भन्दै यो खारेज गराउनु पर्नेमा सारोकारवालाहरुले बताएका छन् ।

उपत्यकाका पूर्वी भेगका नगर प्रमुखहरूको बैठकले स्मार्ट सिटीकोलागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट व्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरू ल्याउनुपर्ने निर्णय गरेको छ ।

 काठमाडौँका दुई र भक्तपुरका तीन नगरपालिका समेटेर बन्ने भनिएको स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन स्थानीय तहका जनप्रतिनिधिहरूले पहलकदमी थालेका छन् ।

नगरकोटमा आयोजित पूर्वी उपत्यकाका ६ वटा नगरपालिकासहित सरोकारवालाको बैठकले स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन सात सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र उपसंयोजकमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा रहेका छन् ।

त्यस्तै, अन्य सदस्यहरूमा चाँगुनारायण नगरपालिकाबाट मेयर जीवन खत्री, पिआईडिबाट राजेन्द्र सापकोटा, काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट नवराज प्याकुरेल, केयूकेएलबाट डिपी चापागाईँ र अधिकार सम्पन्न बाग्मती सम्यता विकास समितिबाट रवीन्द्र बोहरा रहनु भएको छ । समितिले नेपाल सरकारको सहमतिमा योजना कार्यान्वयन गराउन र देखिएका समस्या तथा अल्झनहरु हल गर्न पहल गर्नेछ ।

पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना छ । तर यो योजना विगत सात वर्षदेखि अलपत्र छ ।

बैठकले स्मार्ट सिटीको लागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट व्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरू ल्याउनुपर्ने निर्णय गरेको छ ।