जसपा सांसद सहनाज रहमानको भक्तपुरमा लडेर मृत्यु

97

भक्तपुर । जसपा नेपालको संघिय सांसद सहनाज रहमानको भक्तपुरमा लडेर मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित घ्याम्पेडाँडामा वनभोज कार्यक्रममा सरिक भएका रहमानको कुर्सीबाट लडेर मृत्यु भएको हो ।

घ्याम्पे डाँडामा ज स पा नेपाल गैर भौगोलिक विशेष प्रदेश समिति,बौद्दिक पेशाकर्मी समितिको आयोजनामा होलि मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा उपस्थित सांसद सहनाज बसीरहेको कुर्सीबाट लड्नुभएको थियो ।

कर्सीबाट लडेपछि अचेत हुनुभएका ६४ वर्षिया रहमानलाई भक्तपुरको मध्यपुर अस्पतालमा उपचारका लागि लगिएको थियो । करिव १२ बजेर २५ मिनेटमा लड्नुभएका रहमानको उपचारका क्रममा १ बजेर १५ मिनेटमा अस्पतालमा मृत्यु भएको हो ।

झापा जिल्ला घर भएका जसपा नेपालको संघिय समानुपातिक सांसद भद्रपुर नगरपालिका ६ फुलबारीका स्थायी बासिन्दा हुनुहुन्छ ।

पिकनिकमा ४६ जना सहभागी रहेको खुल्न आएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर जिल्लाका एसपी प्रजित केसीले जानकारी दिनुभएको छ ।