बागमती प्रदेशमा राप्रपाका मन्त्रीले राजीनामा दिँदै

114

हेटौंडा । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले संयुक्तरूपमा राजिनामा दिने भएका छन् ।

राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापाले राजिनामा बुझाउनका लागि मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग समय मागिएको बताए ।

केन्द्रमा समीकणर परिवर्तन भएको र संघीय सरकारका मन्त्रीहरुले समेत राजीजानमा दिएका कारण पार्टीको निर्णय अनुसार सरकार छाड्न लागेको उनले बताए ।

बागमती प्रदेशमा राप्रपाका ३ जना मन्त्री छन् । राप्रपाबाट ऊर्जा मन्त्री थापासहित, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री छन्।

संसदीय दलका नेता थापाले पुस २५ गते मुख्यमन्त्री जमकट्टेलसँगै विनाविभागिय मन्त्रीको रुपमा सपथ लिएका थिए । उनले माघ ११ गते मन्त्रिपरिषद्ले पुर्णता पाउँदा ऊर्जाको जिम्मेवारी पाएका हुन् । तामाङ र बिष्टले माघ ११ गते जिम्मेवारी पाएका थिए ।