भक्तपुर । आगामी फागुन २० गते हुने नेपाल बार भक्तपुर इकाई को निर्वाचनमा डेमोक्राटिक लयर्स एसोसिएसन र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन एक ठाउँमा उभिएका छन् ।
नेपाल बार भक्तपुरको निर्वाचनमा नेपाली काँग्रेस समर्थित डीएलए र नेकपा एमाले समर्थित पीपीएलएको संयुक्त गठबन्धन तयार भएको हो ।
लोकतान्त्रिक एवं प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको तर्फबाट बारमा प्रत्याशी उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
आगामी बार निर्वाचनमा संयुक्त गठबन्धनबाट अध्यक्षमा रवीन्द्र प्रधान उपाध्यक्षमा सुरोज कुमार तुछे सचिवमा पुरुषोत्तम तिमिल्सिना सहसचिवमा सुमित्रा मल्ल सदस्यहरूमा अन्जली भासिमा, रमेश खनाल, प्रचण्ड प्रकाश प्रधान नौला, फर्स माया देवी मगर, सुजन कार्की, प्रकाश धौवन्जार, नीरज श्रेष्ठ, प्रदीप कार्की, सुन्दर राजचल रहेका छन् ।