हनुमन्ते मुहान देखि नै सफा गर्नु पर्छ : सुरेश श्रेष्ठ 

224

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले हनुमन्ते मुहान देखि नै सफा गरे मात्र सफा हुने बताउनुभएको छ ।

हनुमन्ते खोला सफाइ अभियानको पाँच वर्ष पुरा भएको अवसरमा पुन खोला सफाइ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हनुमन्ते खोला मुहान देखि नै सफा गर्न सके मात्र सफा हुने बताउनुभएको हो ।

हनुमन्ते खोला सपाइको नाममा ठाउँ ठाउँमा भएको फोहर उठाउँदैमा सफा नहुने बताउँदै उहाँले खोला सफा नै गर्ने हो भने खोला कहाँ देखि फोहर भएको हो त्यो स्थान देखि समस्या समाधानको बाटो खोज्नुपर्ने अवस्था भएको छ ।

हनुमन्तेको समस्या भनेको हनुमन्तेको ढल नै हो पहिला ढलको समस्यालाई समाधान गर्न उपचार पोखरी अनि ढल प्रशोधन केन्द्र बनाउँदै सफा पानी मात्र खोलामा मिसाउन योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

हनुमन्ते खोला सफाइ १०० हप्ता सम्म चलेको थियो । पुन खोला सफाइ योजना थालनी गरिने भएको छ ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले खोला सफाइ अभियानलाई पुन थालनी गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका कन्द्रिय सदस्य दिलिप प्रजापति,सूर्यविनायक नगरपालिकाकी पूर्व उपमेयर जुना बस्नेत, मध्यपुर थिमी नगरपालिकाकी पूर्व उपप्रमुख अञ्जना देवी मधिकर्मी लगाएतका विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गर्ने विभिन्न महानुभावहरूको उपस्थिति रहेको थियो ।