
भक्तपुर । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसन भक्तपुरको शनिवार निर्वाचन हुँदै छ ।
बार अध्यक्षका लागि चार जनाको उम्मेदवारी रहेको छ भने तीन प्यानल भिड्दै छ ।
नेपाली काँग्रेस निकट डेमोक्राटिक लयर्स एसोशियसनबाट नै तीन जना उम्मेदवार अध्यक्षका लागि भिड्दै छन् भने कानुन अध्ययन समाजबाट एक गरी चार जना अध्यक्षका लागि भिड्दै छन् ।
अध्यक्ष उम्मेदवारमा राजेश कृष्ण सिपाही,रवीन्द्र प्रधान र घन श्याम जोशी तीनै उम्मेदवार डीएलएका सदस्य हुन् भने राजु कैती कानुन अध्ययन समाजबाट उम्मेदवार भएका हुन ।
यस्तै उपाध्यक्ष पदका लागि तुइलाल श्रेष्ठ, सुरोज कुमार तुछे र शिवराम बोहजु सचिवमा अञ्जना बासुकाला, पुरुषोत्तम तिमिल्सिना र गम्वीरमान ज्याख्व भिड्दै छन् ।
यस्तै सहसचिवमा तारा पोखरेल उपाध्याय र सुमित्रा मल्ल, कोषाध्यक्षमा विक्रम बखुन्छे र मनोज ज्याख्वो, महिला सदस्यमा प्रमीला रंजित र अञ्जली भासिमा सदस्यहरूमा लक्ष्मण सुजखु, शिव सुन्दर श्रेष्ठ,हरिचन्द्र भट्टराई हरिस था विष्णु राम न्हुछे, रमेश खनाल , प्रचण्ड प्रकाश प्रधान नौला, मायादेवी मगर, सुजन कार्की, प्रकाश धौबन्जार, नीरज श्रेष्ठ, प्रदीप कार्की, सुन्दर राजचल, न्हुछेराम सिवन्जार, प्रेम प्रजापति ,लक्ष्मी प्रसाद दुवाल बाबुकाजी गाईजुको उम्मेदवारी रहेको छ ।
यस्तै केन्द्रीय पार्षद् हरिराम लवजु, राम भक्त सुवाल, राजश्वरी श्रेष्ठ,सानु सुवाल, हिम प्रकाश प्रजापति , विकेश्वर पोखरेल, सत्यन्द्र प्रजापति रामराज कायस्थ, गीता तिम्सिना, नानी राम थापा, सुन्दर पुरी, अनीश सुवाल, छत्र मणि दाहाल, प्रिय कुमार थापा, दीपक बस्नेत , प्रदीप कार्की, महेन्द्र खायमली , राधेश्याम सुवाल र राम गोपाल राजचलको उम्मेदवारी रहेको छ ।
बारको मतदान शनिवार बिहान ९ बजे देखि २ बजे सम्म हुने भक्तपुर बारले जानकारी दिएको छ ।
Related