कीर्तिपुरमा गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना गरिने

229

काठमाडौं । कीर्तिपुर नगरपालिकाले गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना र सोको कार्यविधि निर्माण गर्ने भएको छ । नगर कार्यपालिकाको १४ औं बैठकले उक्त निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

प्राविधिक शिक्षालयको नाम गणेश सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र रहने, शिक्षालयको ठेगाना कीर्तिपुर नगरपालिका वडा नं. ९ रहनेछ । प्राविधिक शिक्षालयमा अटोमोबाइल इन्जिनियरिङ तीन वर्षे डिप्लोमा र सिभिल इन्जिनियरिङ तीन वर्षे डिप्लोमा अध्ययन गराइने नगर कार्यपालिकाको चौधौ बैठकले निर्णय गरेको छ ।

त्यस्तै गणेशमान सिंह प्राविधिक शिक्षा केन्द्र स्थापना र सञ्चालनमा गर्ने सम्बन्धमा काुननी व्यवस्था गर्न कार्यपालिका बैठक समक्ष पेश हुन आएको गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र सञ्चालन कार्यविधि २०७९ को मस्यौदा स्वीकृत गर्ने अध्ययन केन्द्रको स्थापना र टे«डहरु सञ्चालनका लागि सम्बन्धन स्वीकृत प्रदान गरिदिने प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद् (सीटीभीटी) सानो थिमी भक्तपुरलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

उक्त प्राविधिक शिक्षालय स्थापनाका लागि सम्बन्धित निकायमा सिफारिस गर्न जिल्ला समन्वय समिति काठमाडौंलाई अनुरोध गर्ने निर्णय गरिएको नगपालिकाले जनाएको छ ।
बैठकले अन्य पाँचवटा प्रस्तावमा निर्णय गरेको छ । साथै अघिल्लो बैठकको समिक्षा समेत गरिएको नगरपालिकाको ओइभसाइडमा सार्वजनिक गरिएको निर्णयमा उल्लेख गरिएको छ ।