तपाईको आज,

477

२५ बैशाख २०७४, सोमवार  त्रयोदशी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथ दिनेहरू बढ्नेछन । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ । लेनदेनमा विवाद बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सोचेको आटेको काममा सफलता मिल्नेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचे भन्दा आम्दानी बढ्ने देखिन्छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । बिनाकारण विवाद बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकारी काममा रुची बढ्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । भाग्यले साथ दिने हुँदा गरेका प्रयासहरु सकारात्मक रहनेछन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको तारिफ हुनाले उत्साह बढ्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । राज्यबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । घरायसी काममा झमेला आउनेछ । –

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । साझेदारी काममा विवाद बढ्ने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नेछ । धेरैले काममा सहयोग गर्ने तत्परता देखाउनेछन । सोचे भन्दा धेरै खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । टाढिएका साथीभाइसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । काममा केहि समस्या आउने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक मानसम्मान र प्रतिष्ठा मिल्नेछ । नसोचेका कामहरू पनि सजिलै बन्नेछन । विवाद बढ्ने हुँदा बोल्दा विचार पुर्याउनुहोला । –