इचङ्गुनारायण मन्दिरको शिलन्यास

124

काठमाडौं । नागार्जुन नगरपालिका वडा नं. ३ स्थित इचङ्गुनारायण मन्दिरको शिलन्यास गरिएको छ । उपत्यकाकै प्रसिद्ध चारनारायण मध्येका कान्छो नारायणको रुपमा स्थापित मन्दिर पुनःनिर्माण गर्ने क्रममा शनिबार मन्दिरको शिलन्यास गरिएको हो । नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख सुशीला अधिकारी, काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का सांसद गणेश पराजुली र काठमाडौं महानगरपालिका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले संयुक्तरुपमा मन्दिरको शिलन्यास गर्नुभएको हो । उहाँहरुले कलशमा पूजा गरी मन्दिरको शिलन्यास गर्नुभयो ।
मन्दिर नागार्जुन नगरपालिकाको दुई करोड र काठमाडौं महानगरपालिकाको एक करोड रुपियाँको लागद साझेदारीमा पुनःनिर्माण हुन लागेको हो । उक्त मन्दिर
लागत साझेदारीमा सार्वजनिक खरिद प्रकृया बाट बहुबर्सिय योजना अन्तर्गत निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ । मन्दिर शिलन्यास गर्दै नगर प्रमुख मोहनबादुर बस्नेतले इचङ्गुनारायण मन्दिर चारनारायण मन्दिर मध्येको कान्छो नारायण मन्दिर भएको चर्चा गर्दै मन्दिर अहिले काठमाडौं उपत्यकाकाकै नवपर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास भएको बताउनुभयो ।
इचङ्गुनारायण मन्दिर नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थल भएको स्मरण गर्दै उहाँले नगरपालिकाले मन्दिरको पुनःनिर्माण गरी आकर्षक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागेको बताउनुभयो ।