भक्तपुर बारमा रविन्द्र प्रधान प्यानल नै विजयी

183

भक्तपुर । भक्तपुर बार एसोसिएसनको निर्वाचनमा रविन्द्र प्रधान दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।
बारको शनिवार भएको निर्वाचनमा रविन्द्र प्रधान अध्यक्षमा विजयी हुनुभएको छ भने उपाध्यक्षमा सुरोज तुक्षें सचिवमा पुरुषोतम तिमिल्सिना सहसचिवमा सुमित्रा मल्ल कोषध्यक्षमा विक्रम बखुन्छें महिला सदस्यमा अन्जाली भासिमा सदस्यहरुमा रमेश खनाल, प्रचण्ड प्रकास प्रधान नौला, फर्समाया देवी मगर,सुजन कार्की, प्रकाश धौबन्जार, निरज श्रेष्ठ र प्रदिप कार्की विजयी हुनुभएको छ ।

यस्तै केन्द्रिय पार्षदमा सानु सुवाल हिम प्रकास प्रजापति, अविकेश्वर पोखरेल, सत्यन्द्र प्रजापति, राम राज कायस्थ, गिता तिम्सिना, नानीराम थापा, शुन्दर पुरी, अनिष सुवाल , छत्रमणी दाहल, प्रियकुमार थापा र दिपक बस्नेत विजयी हुनुभएको छ ।