काठमाडौँ । नेपालमा राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षको फरक देखाउन नै आफू राष्ट्रपतिको उम्मेदवार रहेको रामचन्द्र पौडेलले बताउनुभएको छ ।
पौडेल निवासमा नेपाली काँग्रेसबाट बागमती प्रदेशमा निर्वाचित प्रदेश सभा सदस्यहरूसँगको भेटघाटका क्रममा उहाँले गणतन्त्रको प्रत्याभूति जनतामा दिन आफू तत्पर भएको बताउनुभएको हो ।
बागमती प्रदेश सभा सदस्यहरूसँगको भेटघाटका क्रममा उहाँले वर्तमान संविधानको रक्षा र गणतन्त्रको प्रत्याभूति गराउनु नै आफ्नो लक्ष्य भएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले अग्रिम शुभकामना दिँदै भोलिका दिनमा जनताको छोरा नै भएर काम गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो ।