भक्तपुर । बालयौन दुरुपयोग गरेको आरोपमा भक्तपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरकी २१ वर्षकी एक महिलाले आफ्नै नाबालिका बहिनीसँगको यौनजन्य भिडियो बनाइ आफ्ना केटा साथीलाई पठाएको फेला परेपछि ती महिला पक्राउ परेकी हुन् ।
ती महिलाले आफ्ना नाबालिक बहिनीसँग आफै संलग्न भइ यौनजन्य गतिबिधी गरि सोको भिडियो समेत बनाइ आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए ।
उनलाई भक्तपुर जिल्ला अदालतबाट कानुन बमोजिम पक्राउ पुर्जी जारी भइ निज महिलालाइ पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ।