जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

53

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित बृहत खेलकुद महोत्सवअन्तर्गत जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने ज्याकी महर्जनले जनाएका छन् । पुरुष-महिला खुला सिंगल्स, ब्वाइज-गल्र्स यु–१२ र यु–१६ सिंगल्स, भेट्रान पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र भेट्रान महिला ३५ वर्षमाथि स्पर्धामा खेल हुनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीको छुट्टै पुरुष सिंगल्स ‘बी’ मा पनि प्रतिस्पर्धा हुनेछ ।
मुख्य प्रायोजकमा सुमन खड्गी, प्रायोजकमा नदिमरत्न शाक्य, मेटल सापर्स र सम्झना ल्याबोरेटरी प्रालि, सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ, खेल सामाग्री पार्टनर डिएचएस तथा पोशाक पार्टनरमा लिनिङ रहेका छन् ।

प्रतियोगिताका लागि आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन र प्रतियोगिता संयोजक राजेन्द्र कपालीले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे । पाँचदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुनेछ ।