धर्म जागनी महोत्सवमा एकै दिन दसैँ हजार भक्तजन 

147
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर ६ कटुञ्जेमा आयोजित श्रीकृष्ण प्रणामी धर्म जगनी महोत्सवमा एकै दिन दसैँ हजार भक्तजनले दर्शन गरेका छन् ।
३० गते सम्म चल्ने महोत्सवमा शनिवारका दिन देश भरका विभिन्न स्थानबाट दश हजार भन्दा बढी भक्तजनले महोत्सवमा दर्शन गरेका हुन् ।
महोत्सवका शनिवारका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले श्रीकृष्ण मन्दिर निर्माणमा बागमती प्रदेशबाट २५ लाखको सहयोग जुटाउने प्रतिबद्धता गर्नुभएको थियो ।
उहाँले एक महिनाको आफ्नो पारिश्रमिक महोत्सव र श्रीकृष्ण मन्दिरलाई अर्पण गर्दै अबको पुस्तालाई सात्त्विक बनाउन र कुलतबाट जोगाउन धर्मले ठुलो योगदान दिनु पर्ने बताउनुभएको थियो ।