क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै युनाइटेट मिसन टु नेपाल UMN बन्द गर्न आव्हान

292

काठमाण्डौं । क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै युनाइटेट मिसन टु नेपाल नामक संस्था बन्द गराउन माग गरिएको छ ।

नेपालको संविधानले नै धर्म परिवर्तन गराउन तथा धार्मिक रीति स्थितिमा जानीजानी बाधा पुञ्याउन नपाउने भनेको भए पनि नेपालको संविधान लाई नै लत्त्याउँदै धर्म परिवर्तनमा काम गर्दै आएको भन्दै युनाइटेट मिसन टु नेपाल नामक संस्था बन्द गराउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा निवेदन दर्ता भएको हो ।

निवेदक धुर्व लुइँटेलले उक्त संस्थाको विषयमा अध्ययन गर्दा नेपालको संविधान मर्म र मान्यता विपरीत उक्त संस्थाले क्रिश्चियन धर्मको प्रचार र धर्म परिवर्तन गराउँदै आएको खुल्न आएको जानकारी दिनुभएको छ ।

United mission to nepal नामक संस्थाले सन् १९५४ देखि भारतको नागपुर र नेपालमा विभिन्न रूपमा गरिब नेपालीलाई आधार बनाई धर्म परिवर्तन गराउन उद्धत रहेको भन्दै उक्त संस्था बन्द गराउन उहाँले निवेदन दिनुभएको हो । युनाइटेट मिसन टु नेपाल (UMN) ले गरिबीमा रहेका नेपालीलाई माध्यम बनाई विदेशीहरूको सहयोगको माध्यमबाट स्वयंसेवीको रूपमा धार्मिक गुरु प्रवेश गराई नेपाली बहुसङ्ख्यक हिन्दु धर्मका व्यक्तिहरूलाई इसाई धर्ममा रूपान्तरण गर्न विभिन्न काम गरी रहेको छ ।

(UMN) को वेभ साइडमा पटक पटक गरिबिको मूल कारण यशु ख्रिस्टको नाममा नेपाली जनताको सेवा गर्ने उद्देश्य राखेको भन्नुको अर्थ गरिबिलाई केन्द्रित बनाएर धर्म प्रचार गर्ने मूल उद्देश्य युएमएन को रहेकोले यो संस्था र यस सँग सम्बन्धित संस्थाहरू बन्द गराउन प्रमुख जिल्ला अधिकारीलाई निवेदन गरिएको हो ।

संस्था दर्ता गरी नेपालमा धर्म परिवर्तनका घटना विभिन्न समयमा देखा नपरेका हैनन् यसै सिलसिलामा युनाइटेट मिसन टु नेपालले पनि धर्म परिवर्तन गराउन केन्द्रित गरेको पाइएको हो । रोजगारको नाममा सूचना निकाली सहजकर्ता बन्न पूर्व अनुभवमा क्लष्टरमा समावेश भएको हुनुपर्ने भन्नुको अर्थ क्रिश्चियन धर्मकै हुनु पर्ने वर्गीकरण गरेको, स्कुल छोड्ने विद्यार्थीहरूको डाटा सङ्कलन गरी विद्यालय भर्ना गराउन र तिनलाई धर्ममा रूपान्तरण गर्ने गरेको, स्थानीय रूपमा धार्मिक खलल निर्माण गरी तिनलाई सामुदायिक विकासमा अन्तर्राष्ट्रिय सहयोग भनी विदेशी दाताको नाममा सहयोग दिने गरेको, वातावरण र जलवायु परियोजनाको कामको नाममा धर्म प्रचार गरेको यौन बेच विखनको नाममा समेत धार्मिक छम भेष नीति प्रयोग गरी धर्म परिवर्तन गर्ने र चन्दा आय भनी अवैध रकम नेपालमा धर्म प्रचार र किश्चियन बनाउन चर्च बनाउन, पादरी बनाउन अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा, र युरोपियन युनियनबाट प्राप्त रकमहरूको खर्च धर्म प्रचारमा व्यापक गरी रहेको मुलत डोल्पा, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, गोरखाको उत्तरी क्षेत्र, काठमाडौँ, मकवानपुर लगायतका जिल्लामा संस्थाको माध्यमबाट संस्थागत रूपमा धर्म परिवर्तन तीव्र रूपमा रहेकोले उक्त संस्था बन्द गराउन माग गरिएको हो ।

युनाईटेड मिसन टु नेपाल (UMN)को मूल लक्ष्य नै सबै गा.पा. वडा, नगरपालिका वडाहरूमा चर्च स्थापना गर्ने गरिबिको नाममा धर्म परिवर्तन गराउने र धार्मिक द्वन्द्वमा नेपाललाई रूपान्तरण गराउने, बहु सङ्ख्यक हिन्दुको सट्टा बहुसंख्याक क्रिश्चियन बनाउने र अल्पसंख्याक हिन्दु हुने बित्तिकै धार्मिक मुद्दाबाट हिन्दु पलायन गराउने रहेको निजहरूको परियोजनाबाट स्पष्ट देखिन्छ । यो परियोजनामा सबै चर्च, पादरी र विभिन्न संस्था रहेको देखिन्छ । केही पत्रिकाहरू टेलिभिजनलाई समेत प्रचारमा खर्च गर्ने गरेको, बुझाङ्ग जिल्लामा दलित सहजता रूपमै धर्म परिवर्तन गर्नको लागि (UMN)ले फिनल्यान्ड, जर्मनी, आयरल्याण नेदरल्याण्ड, नर्वे, स्विडेन, युनाईटेड किड्डम, संयुक्त राज्य अमेरिका, बहुराष्ट्रिय निकायका वार्षिक खरबौँ रुपैयाँ प्राप्त गर्ने र उक्त रकम समाज सेवाको नाममा चर्च खोल्ने, बाइबल तथा गरिबिको नाममा धर्म परिवर्तन गर्न प्रयोग गरेको (UMN) को सम्पूर्ण खाता बन्द गरी धर्म प्रचार र धर्म परिवर्तन गर्नबाट रोकी पाउँ भन्दै लुइँटेलले निवेदन गरेका छन् । समाज कल्याण परिषद्लाई समेत बोधार्थ गर्दै उहाँले उक्त संस्था बन्द गराउन माग गर्नुभएको हो । यदि संस्था बन्द नगराएमा आफू सर्वोच्चको ढोका ढकढकाउन बाध्य हुने समेत उहाँले बताउनुभएको छ ।