खाजाको पैसा दिन धुलिखेलको वालआश्रम पुगे बेबिलोनका विद्यार्थी

262

धुलिखेल,। आफ्नो खाजा खर्च कटाएर बचाएको ५ हजार ३ सय ५५ रुपैयाँ धुलिखेलको हेल्प नेपाल वालगृहमा बसेका वालिकाहरुलाई सहयोग गर्न बेबिलोन नेशनल स्कुल शान्तिनगरका ६ कक्षाका २९ जना विद्यार्थी शनिबार त्यहाँ पुगे । उनीहरुले जम्मा गरेको रकममा विद्यालयले त्यति नै रकम थपेरहौसला दिएको थियो ।
धुलिखेल नगरपालिका ३ मा रहेको सो वालगृहमा आश्रित आफ्नै उमेरका वालिकाहरुलाई सहयोग गर्न बेबिलोनका विद्यार्थी आफ्नो विद्यालयबाट २८ किलोमिटर टाढा रहेको आश्रममा पुगेका थिए । उनीहरुले वालगृहका विद्यार्थीहरुलाई चक्लेट बाँडेर साथी बनाएर एकआपसमा परिचय गर्दै अनुभव साटेका थिए ।


बेबिलोन नेशनल स्कुलका निर्देशक टिकाप्रसाद सुवेदीले विद्यार्थी र स्कुलको तर्फबाट संकलित १० हजार ७ सय १० रुपैयाँहेल्प नेपाल बालगृहका व्यवस्थापक पुण्यवती घलेलाई हस्तान्तरण गरेका थिए भने विद्यार्थीले लगेका केही थान कापि समेत बालगृह व्यवस्थापन समितिका संयोजक रामप्रसाद घिनाञ्जुलाई हस्तान्तरण गरिएको थियो ।
भौतिक सुखसयलमा हुर्केका शहरका विद्यार्थीले आफ्नै उमेरका परिवार वीहिन साथीहरु कसरी वालआश्रममा बसेर पढिरेहका छन भनेर उनीहरुलाई देखाउनुका साथै दुःखमा परेकालाई सहयोग गर्नुपर्छ भन्ने भावना बुझाउन विद्यार्थीलाई वालआश्रमको भ्रमण गराएको बेबिलोन स्कुलका निर्देशक सुवेदीले बताए ।
रविन्द्र मिश्रसहितका मनकारी दाताहरुले धुलिखेलमा स्थापना गरेको सो वालगृहमा ‘एक डलर सहयोग गरौं,बच्चाको शिक्षा पाउँने अधिकारको रक्षा गरौं’ भन्दै द्वन्द्वकालको बेलामा रकम संकलन गरि जग्गा लिई भवन बनाई परिवारवीहिन वालिकाहरुलाई शिक्षा दिँदै आएको छ ।


आश्रममा आश्रीत २२ जना वालिकाहरु नजिकैको विद्यालयमा अध्ययन गरिरहेको बालगृहका व्यस्थापक पुण्यवती घलेले बताइन् ।उनका अनुसार वालिकाहरुको पठनपाठन, आवास र १२ कक्षासम्म पढाएर सीप सहित बालिकाहरुको बीमा र केही रकम जम्मा गरि आत्मनिर्भर बनाएर समाजमा पुर्नस्थापना गर्ने संस्थाको लक्ष्य छ । यो संस्थाबाट २ जनाले १२ कक्षा पुरा गरि सीप सिकेर आत्मनिर्भर भै उनीहरुले पाउने रकम लिएर फर्किसकेका छन् ।
भविष्यमा दातामा निर्भर हुनु नपरोस भनेर बालगृहल अक्षयकोष स्थापना गरेको छ । हाल १७ लाख जम्मा गरिएको र भविष्यमा १ करोड अक्षयकोष जम्मा गरि आत्म निर्भर बन्ने लक्ष्यका साथ अघि बढेको संस्थाका संस्थापक पूर्ण बहादुर कार्कीले बताए ।
दाताहरुकोे जन्मदिन मनाउने खर्च, विवाह भोज, विवाह वर्षगाठ जस्ता धार्मिक, सांस्कृतिक तथा तिथि, श्राद्धको दिनमा समेत बालगृहलाई सघाउँन आउने गरेकै कारण आत्मनिर्भर बन्न थप हौसला मिलेको बताउँदै संस्थापक कार्कीले बेबीलोनका विद्यार्थी र विद्यालयलाई धन्यवाद दिए ।