नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुर अध्यक्षमा राना

111

 

भक्तपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भक्तपुरको अध्यक्षमा रामशरण राना विजयी हुनुभएको छ । एशोसियसनको नेतृत्वको लागि शनिवार सम्पन्न निर्वाचनमा राना १७४ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नवराज दाहाल ‘जुझारु’ले ९१ मत प्राप्त गर्नुभयो ।

एशोसियनको १३ सदस्यीय कार्यसमितिमा सचिव र ३ सदस्य बाहेक सबै राना समूहका निर्वाचित भएका छन् । उपाध्यक्षमा रामकाजी पाटी १८० मतका साथ निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नरेश खड्काले ८३ मत प्राप्त गर्नुभयो ।

निक्कै प्रतिस्पर्धा भएको सचिवमा राना समूहका जयराम फोजुलाई ५ मतले पछि पार्दै दीपक श्रेष्ठ निर्वाचित हुनुभयो । श्रेष्ठले १३१ र फोजुले १२६ मत प्राप्त गर्नुभएको थियो । सहसचिवमा रामभक्त किजु ९९ मतका निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी अशोक नायभारीले ८० र ऋषिराम के.सी.ले ७८ मत प्राप्त गर्नुभएको थियो ।

कोषाध्यक्षमा राना समूहका रुपा भण्डारी १६५ मतका साथ निर्वाचित हुनुभयो भने सह कोषाध्यक्षमा ईश्वर मणि भट्टराई १०६ मतका साथ विजयी हुनुभयो ।

सदस्यहरूमा लक्ष्मण डोटेल १०७, मनिता शर्मा १११, अच्युत सिवाकोटी ९८, सुरोज कवाँ १०२, विकास कुस्मा १०३, श्यामसुन्दर सिलवाल ९६ र श्यामसुन्दर घटुवा ११५ मातका साथ निर्वाचित हुनुभयो ।