आफू स्वस्थ हुन आफ्नो ठाउँ आफै सफा गर्नुपर्ने  :   श्रेष्ठ

42

 

भक्तपुर । आफ्नो ठाउँ आफैले सफा गरे मात्र आफू स्वस्थ हुने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।

शनिवार चाँगुनारायण नगरपालिका वडा नम्वर १ खड्का डिल देखि मनोहरा स्कुल सम्म सफाइ कार्यक्रममा उहाँले आफ्नो ठाउँ आफै सफा नगरे कहिले पनि सफा नहुने बताउनुभएको हो ।

उहाँले आफ्नो ठाउँ आफैले सफा नगर्ने हो भने आफैलाई रोगले समात्ने बताउँदै उहाँले हामी आफै मिले आफ्नो टोल छिमेक सफा हुने बताउनुभएको हो ।

मनोहरा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको सरसफाइ कार्यक्रममा समुदायका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

सरसफाइ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य श्रेष्ठले मरेका जीव जन्तुहरू तथा घर बाट निक्लने फोहर व्यवस्थापनमा सबैको साथ र सहयोगको याचना गर्नुभएको थियो ।

हामीले हाम्रो घर आँगन अनि घर सँगैको बाटो खोला नाला खोल्सा सफा राखे मात्र हामी स्वस्थ हुन सक्ने भन्दै उहाँले आफूलाई  स्वस्थ राख्न समुदाय पनि सफा राख्नु पर्ने बताउनुभएको थियो ।