सेवा रकम घटाउँदै करोडौं रकम तरमार्न तत्पर सेभ द चिल्ड्रेन

155

काठमाडौं । सेवा गरे मेवा पाइन्छ भन्ने उखान रहेको छ । तर सेभ द चिल्ड्रेनको हकमा भने सेवा हैन मेवा मात्र हात पारौं भन्ने लागु भएको छ । नेपालीमा एउटा उखान छ, ‘काम गर्ने कालु मकै खाने भालु’ । ग्लोबल फण्डको बजेटमा एक आईएनजिओ सेभ द चिल्ड्रेन ठ्याक्कै यस्तै भएको छ । ग्लोबल फण्डको करोडौं रकममा तरमार्न पल्किएका सेभका कर्मचारीहरू विस्तारै आफ्नो रकम बढाएर सेवाका लागि वितरण हुने रकम घटाउँदै लैजान थालेका छन् ।

ग्लोबल फण्डले २००२ देखि नेपाल सरकारलाई अनुदान स्वरुप रकम दिन थालेको हो । उक्त रकम सरकारले एचआईभी, मलेरियामा र क्षयरोगको क्षेत्रमा खर्च गर्नुपर्छ । रोगिको खोजतलास, निदान र उपचारका लागि भनेर दिएको रकम सन् २०१५ देखि सेभ द चिल्ड्रेनको पोल्टामा पुगेको छ । उसको पोल्टामा हाल्नेहरु पनि सरकारी अधिकारी नै हुन् ।

सरकारले रकमको दुरुपयोग गरेको भन्दै ग्लोबल फण्डले सन् २०१५ देखि सेभ पिआर बनाएर खर्च गर्न दिएको हो । यो रकम सेभको पोल्टामा पुगेपनि खर्च नेपाल सरकारको कार्यक्रममा गर्नुपर्छ । तर, हामीले सोचेको जस्तो छैन । सरकारले परिचालन गर्नेभन्दा सेभले गर्दा व्यापक बजेटको दुरुपयोग भएको पाइएको छ । सेभमा भएको भ्रष्टाचार रोक्न अहिले सरकार आफै पिआर बन्नुको विकल्प छैन ।

सेभ उच्च स्रोतका अनुसार ग्लोबल फण्डले दिएको रकमबाट दुई जना उच्च अधिकारीलाई नियम भन्दा बाहिर गएर टेक्निकल एड्भाइजर नियुक्तिगरी तलव खुवाएको आरोप छ ।

ग्लोबल फण्डले नियमभन्दा बाहिर गएर २ मिलियन डलर दुई कर्मचारीलाई तलव खुवाएको भन्दै उक्त रकम फिर्ता गर्न सेभलाई निर्देशन दिएको छ । नेपालमा सेभ द चिल्ड्रेनको नेपाल प्रमुख तारा क्षेत्री छन् । उक्त रकमको दुरुपयोग गरेको भन्दै उनिमाथी ग्लोबल फण्डले समेत प्रश्न उठाएको अधिकारीहरु बताउँछन् । सोही विषयमा विवाद हुदा एक जना उच्च अधिकारीले सेभबाट राजिनामा दिएर बाहिरीएका छन् । स्वास्थ्य लाइभले यस विषयमा थप अध्ययन अनुसन्धान सुरु गरेको छ ।

दर्जनौं सस्थाले मलेरिया, एचआइभी र क्षयरोगमा काम गर्न ग्लोबल फण्डले दिएको रकम पिआर बनेको सेभ मार्फत लैजाने गरेका छन् । तर, यस वर्ष सेभले गाउँ गाउँमा पुगेर सम्बन्धित निकायलाई दिइने सर्भिसमामा पहिरो लगाएको छ । सेवा प्रदायक सस्थाहरू भन्छन्, ‘वर्षभरी काम लगाएर ज्यालादारीमा कर्मचारी राखेको जस्तो व्यवहार सेभले गरेको छ ।’ सेभले आफ्नो कर्मचारीलाई तलव बढाउने र अरुको सेवामा पहिरो लगाउने काम गरेको छ ।

व्यक्ति व्यक्तिबाट सङ्कलित रकम जम्मा गरेर ग्लोबल फण्डले नेपालमा मलेरिया, एचआईभी र क्षयरोगमा काम गर्न भनेर सरकारलाई अनुदान दिएको हो । तर, सोही रकममा आइएनजिओले मस्ति मार्दै आएको छ । सर्भिस दिने सस्थाहरूको रकममा सभेले भारी कटौंती गरेपछि अहिले सेभको नेतृत्वमा प्रश्न उठेको छ ।

अवारनेशका लागि बजेट दिन नमान्ने, सेवाका लागि रकम दिन नमान्ने सेभले आफ्ना कर्मचारीको सेवा सुविधा किन वृद्धि गर्यो यसको सूक्ष्म अध्ययन हामीले गर्नेछौं । सेभकै कर्मचारीले बताए अनुसार कर्मचारी पाल्ने काम बाहेक तारा क्षेत्री आएपछि नयाँ केही माख्खो मरेको छैन ।

सेभको नेतृत्वकर्ता ज्यादै कमजोर भएकाले पनि नतिजा देखिएको छैन ती अधिकारीले भने । हामीले यस विषयमा जानकारी लिन तारा क्षेत्रीलाई सम्पर्क गर्दा उनले बोल्न नसक्ने अवस्थामा भएको बताईन् ।

सेभले हरेक वर्ष कर्मचारीको ५ देखि १० प्रतिशत सेवा सुविधा बढाउछ । वषौं देखि काम गरेका व्यक्ति नै अहिले पनि सेभमा आवद्ध छन् । उनिहरू सोही अनुपातमा तलव वृद्धि गर्दै राज्यलाई आएको रकममा मोज मस्ति गरिरहेका छन् । तर, सेवा गर्ने सङ्घ सस्थाको रकममा हुने वृद्धि रोकेर आफ्नो दुनो सोझ्याउने काम मात्रै भएको छ ।

सेभले रकम रोक्ला की भनेर कुनै कर्मचारी वा संस्था उसको दादागिरी विरुद्ध खुलेर बोल्न सकेका छैनन् । तर, बिस्तारै यसले गरेका बदमासी हामीले जनतामाझ ल्याउँदै जानेछौं । जनतालाई सुसूचित गराउँन प्रयोग गर्ने रकम र सेवाप्रदायक सस्थाको रकम घटाएर आफ्नो सेवा सुविधा बढाउँने जस्तो घृणित गर्ने छुट सेभलाई छैन । अधिकारीहरूले बताए अनुसार सर्भिसमा ३० प्रतिशतभन्दा बढी रकम कटाएर दिएको छ । स्वास्थ्य लाइभको सहयोगमा