मासिक ६० लाख तिर्नेगरी किन सर्दैछ महानगर ?

63

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो समय नगरका मुख्य समस्यालाई थाती राख्दै अन्य कामतर्फ मोडिन थालेको देखिन्छ ।

आफूसँग भएका निर्माणाधीन र प्रबलीकरण गर्नुपर्ने भौतिक संरचनालाई बेवास्ता गर्दै महानगरपालिकाको कार्यालय भवन महँगो भाडा तिरेर नयाँ भवनमा सर्ने तयारीले धेरैलाई आश्चार्यमा पारेको छ ।

काठमाडौं महानगर मासिक ६० लाख रूपैयाँ तिर्नेगरी १० वर्षका लागि काठमाडौं प्लाजामा सर्ने सम्झौता गरेसँगै महानगरभित्रैबाट विरोधका आवाज सुनिन थालेको छ ।

बागदरबारको पुरानो भवनको प्रबलीकरण र टेकुमा बन्दै गरेको ७० करोडको भवन अलपत्र छोडेर मासिक ६० लाख रूपैयाँ तिर्ने गरी महानगर किन सर्दै छ भन्ने विषयमा महानगर कार्यालयका कर्मचारी नै अचम्मित छन् ।

आजको नागरिक दैनिकबाट