२०८० सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।यो वर्ष हजुरहरूको लागि उपलब्धि मूलक,सुखद एवम् कार्य सफलता मुखिहोस् ।पशुपतिनाथले हामी सबैको रक्षा एवम् कल्याण गरून्।
२०८० सालको कुरा गर्दा यो सालको सम्वत्सार नाम पिङल हो
। संवत्सरको हिसावम यो वर्ष शासकहरू शक्ति सन्तुलन र खिचातानीमा व्यक्त हुने हुँदा राज्य नीति विवादित र कमजोर हुने देखिन्छ।कृषिमा प्रगति भए पनि हड्डी सम्बन्धी नयाँ रोगको भय हुन सक्नेछ।
यो वर्षको राजा बुध ग्रह हो भने मन्त्री शुक्र ग्रह हो । पछिल्लो वर्षको तुलना गर्ने हो भने यो वर्ष अनुकूल होला।बुध ग्रह वर्षको राजा भएको कारण यो वर्ष देशमा व्यापार व्यवसाय राम्रो हुने,बैङ्क,वित्तीय संस्थामा र शेयर मार्केटमा सुधार देखिने छ।ब्याजदर र मूल्य वृद्धि नियन्त्रण होला।कृषि उत्पादनले उचित बजार पाउने एवम् कृषकले बजार भाउ पाउने देखिन्छ।देश एवम् जनताको आर्थिक अवस्था मजबुत हुने एवम् विदेशी मुद्राको सं चिति बढ्ने छ।आपराधिक घटनाहरू,चोरी लुटपाट बलात्कार जस्ता घटनाहरूमा कमी आउने छ साथै सामाजिक सु(शासन कायम हुनेछ।देशको राजनीति अलि फरक धरतिर लम्किने छ।राजनीतिक सन्तुलन मिलाउन राजनीतिक शक्ति, दल( गुट लाई चुनौती हुनेछ । धार्मिक, शैक्षिक उन्नति,मनोरञ्जन क्षेत्रहरू,पर्यटन ,होटेल रेस्टुरेन्ट ,खेलकुद क्षेत्रमा राम्रो प्रगति देखिनेछ। योजना एवम् विकास कार्यहरूले गति लिनेछन्।प्राकृतिक विपत्ति ,सुख्खा खडेरी ,उच्च तापक्रम जस्ता समस्याहरूका कारण जल वायु परिवर्तनको प्रभाव स्पष्ट देखिने छ।।।
