आज भक्तपुरमा जी.बबदेखि एलिना चौहानसम्मको धमकेदार प्रस्तुति हुने

34

भक्तपुर । आज सोमबार भक्तपुरमा भक्तपुर विशेष सांगीतिक साझँ– २०८० हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर बाइज ब्याण्डको आयोजनामा उक्त साझँ हुनेछ । दिउँस १ बजेपछिबाट साझँसम्म कार्यक्रम संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।

सल्लाघारीस्थित ९९ रोपनीको चौरमा हुने सांगीतक कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । सो सांगीतिक साँझमा ¥यापर जी.बब, छेवाङ्ग लामा, मानस राज, प्लस डीभाइस, बिनु शाक्य, आयुष अधिकारी, एलिना चौहानलगायतका विशेष प्रस्तुतिहुने महत बताए । कार्यक्रमको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ ।