काठमाडौं । प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुईजनालाई पक्राउ गरेको छ ।
बाँकेको नेपालगन्जबाट उनीहरु पक्राउ परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । उनका अनुसार नेपालगन्जको न्युरोडस्थित एक होटेलबाट ४.९२७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले बुधबार राति पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मंगलसुत्र, बाला, ढुंग्री, औँठीलगायत सुनका गहना बरामद गरेको हो । यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।